२०८३ साउन ९ शनिबार

टुरिजम् डेभलपमेन्ट बैंकद्धारा दैवी प्रकोप उद्धार कोषमा १२ लाख सहयोग

ई आर्थिक    आइतबार, भाद्र २५ २०७४
2.7K
Shares
टुरिजम् डेभलपमेन्ट बैंकद्धारा दैवी प्रकोप उद्धार कोषमा १२ लाख सहयोग

२५ भदौ, काठमाडौं । टुरिजम् डेभलपमेन्ट बैंकले प्रधान मन्त्री दैवी प्रकोप राहत कोषमा १२ लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकले हालैमात्र नेपालको तराई मधेश क्षेत्रमा भएको अविरल बर्षाबाट आएको बाढी तथा डुबानबाट पिडितहरुको सहयोगार्थ बैंक र बैंकका कर्मचारीको तर्फबाट गरी १२ लाख प्रधानमन्त्री दैवी प्रकोप राहत कोषलाई प्रदान गरेको हो ।

उक्त रकम बराबरको चेक बैंकका अध्यक्ष प्रा. डा. पुष्पराज कंडेल, संचालकहरु दिपक महत, ठाकूर प्रसाद भट्टराई तथा प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल सम्मिलित टोलीले प्रधानमन्त्री शेर बहादुर देउवालाई हस्तान्तरण गरेको हो ।

बैंकले स्थापनाकालदेखिनै संस्थागत सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्दैे राष्ट्रिय विपत्ति तथा सामाजिक कल्याणका क्षेत्रमा आफ्नो क्षमता अनुसार सहयोग गर्दै आएको छ । बैंकको यो सहयोगले थोरै भएपनि पिडित परिवारहरुलाई राहत पुग्ने र भविष्यमा पनि यस्तो सहयोगलाई निरन्तरता दिने बैंकल जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij