२०८३ साउन ९ शनिबार

चुलियो कतार संकट : दुई पक्षीय फोन वार्तापछि साउदी आक्रोशित

ई आर्थिक    आइतबार, भाद्र २५ २०७४
2.8K
Shares
चुलियो कतार संकट : दुई पक्षीय फोन वार्तापछि साउदी आक्रोशित

२५ भदौ, काठमाडौं । लामो समयदेखि जारी रहेको कतार संकट समाधानका लागि कतारका नरेश अमिर र साउदीका राजकुमारबीच टेलिफोन वार्ता भएको केही समयपछि साउदी अबरले कतारसंगको वार्ता स्थगित गरेको छ ।

साउदी अरब, बहराईन, ईजिप्ट तथा संयुक्त अबर ईमिरेट्स र कतारबीच लामो समयदेखि विद्यमान कुटनितिक समस्या समाधानका लागि वार्ता गर्ने विषयमा नरेश सेख तामिम बिन हमाद अल थानी र साउदीका राजकुमार मोहम्मद बिन सलमानबीच टेलिफोन वार्ता भएको थियो ।

कतारी नरेश र साउदी राजकुमारबीच कुराकानी भएको केहि सयमा नै वार्ताका लागि कतार गम्भिर नभएको आरोप लगाउँदै साउदी अरबले दुई देशबीचको सम्पर्क तत्कालका लागि स्थगित गरेको घोषणा गरेको छ । आजको नागरिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij