२०८३ साउन ९ शनिबार

२० करोड बुझाएर यसरी ल्याइएको थियो ८८ किलो सुन

ई आर्थिक    शुक्रबार, भाद्र २३ २०७४
2K
Shares
२० करोड बुझाएर यसरी ल्याइएको थियो ८८ किलो सुन

२३ भदौ, काठमाडौं । क्षेत्रपाटीबाट गत आइतबार राति बरामद भएको ८८ किलो सुन खरिदका लागि तस्करले २० करोड धरौटी राखेको खुलेको छ।

तस्करले २० करोड रुपैयाँ मात्र धरौटी राखेर बाँकी रकम भनेको ठाउँमा पुगेपछि दिने शर्तमा सुन काठमाडौं भित्र्याइएको प्रहरी अनुसन्धानबाट खुलेको हो।

सो रकम धरौटी राखेपछि चिनियाँ व्यापारीले किस्ता किस्तामा सुन पठाएका हुन्। सो सुन काठमाडौं ल्याएर भारतको कोलकाता लैजाने योजना थियो। चिनियाँ नागरिक पान विइ मिङ र भारतीय व्यापारी अनिलकुमार शर्माले सो सुन आयात गरेका थिए। स्रोतका अनुसार अनिलकुमार शर्मालगायत भारतीय व्यापारीहरूको कनेक्सन चिनियाँ नागरिक पान विइ मिङसँग रहेको छ। दुवैतर्फको रकम डलरमा हुण्डीमार्फत चीन लगिएको थिायो।

उनीहरू सुन समातिएकोमा भन्दा कारोबार रोकिएको र पैसा डुबेकोमा बढी चिन्ति छन्। ‘अब पहिलाको पैसा चुक्ता नगरी सुन ल्याउन पाइँदैन, भएको पैसा उतै डुब्यो’, भारतीय व्याापारी शर्मानिकट स्रोतले भन्यो, यो सबै सुन कलकत्ताको व्यापारीको हो। यो क्षति बहन गर्न गाह्रो छ।’ भारतीय नागरिक शर्मालाई बालु भन्ने जग्न्नाथ घांगेले नेपालमा सहयोग गरिरहेका थिए।

बालुको सेटिङमार्फत नै सो सुन कोलकाता लैजान लागिएको थियो। तर सुराकीले प्रहरीलाई खबर गरेपछि सुन बरामद भएको थियो। बालु नेपालमै सुनचाँदी व्यवसाय गरेर बसेका छन्। उनलाई सम्पत्ति शुद्धिकरण विभागले मुद्दा चलाएको थियो। उनका सहयोगी भारतीय नागरिक नरेश अग्रवाल रहेको स्रोतले जनाएको छ।

प्रहरीले हालसम्म पनि सुनका मालिकलाई पक्राउ गर्न सकेको छैन। केही सुन पुरानो नाका तातोपानी हुँदै आएको हो भने केही रसुवाबाट आएको हो। ‘पैदल यात्रुले पनि सुन ल्याए, धेरैजसो कन्टेनरमै आएको हो’, स्रोतले भन्यो, ८८ किलो जम्मा गर्न दुई महिना लागेको थियो।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij