२०८३ साउन ९ शनिबार

कास्कीका पाँच स्थानीय तहमा ९८ करोड २० लाख बजेट निकासा

ई आर्थिक    बुधबार, भाद्र २१ २०७४
3.4K
Shares
कास्कीका पाँच स्थानीय तहमा ९८ करोड २० लाख बजेट निकासा

२१ भदौ, पोखरा । कास्कीका पाँच स्थानीय तहमा पहिलो किस्ता रु ९८ करोड २० लाख ६९ हजार निकासा भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय पोखराका प्रमुख केशव ढकालकाअनुसार पोखरा–लेखनाथ महानगरपालिकाको लागि रु ६० करोड ९७ लाख ७६ हजार निकासा भएको छ ।

त्यस्तै रुपा गाउँपालिकामा रु ६ करोड ९७ लाख १५ हजार, माच्छापुच्छ्रे गाउँपालिकामा रु १० करोड २१ हजार ८४ हजार, मादी गाउँपालिकामा रु १० करोड ७४ लाख २७ हजार र अन्नपूर्ण गाउँपालिकामा रु नौ करोड ३१ लाख ६६ हजार निकासा भएको छ ।

निकासा भएको बजेट चालु आर्थिक वर्ष २०७४/७५ को एक तिहाइ हो । चालु आवका लागि पोखरा–लेखनाथ महानगरपालिकामा रु एक अर्ब ८२ करोड ५७ लाख २९ हजार, अन्नपूर्ण गाउँपालिकामा रु २७ करोड ९५ लाख, माच्छापुच्छ्रे गाउँपालिकामा रु ३० करोड ६५ लाख ५३ हजार, मार्दी गाउँपालिकामा रु ३२ करोड २२ लाख ८५ हजार र रुपा गाउँपालिकामा रु २० करोड ९१ लाख ४६ हजार बजेट विनियोजन गरिएको छ ।

गाउँपालिकामा वाणिज्य बंैक नभएकका कारण कार्यालयले सबै तहको बजेट राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोक शाखामा स्थानीय तहका खाता खोली बजेट निकासा गरिदिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij