२०८३ साउन ९ शनिबार

चक्रपथ बाहिर पुग्दैन मेलम्ची

ई आर्थिक    बुधबार, भाद्र २१ २०७४
3K
Shares
चक्रपथ बाहिर पुग्दैन मेलम्ची

२१ भदौ, काठमाडौं । झन्डै दुई दशकदेखि राजधानी उपत्यकाका बासिन्दाले देखेको मेलम्चीको पानी खाने सपना पहिलो चरणमा चक्रपथभित्रका छानिएका ठाउँमा मात्रै पूरा हुनेछ । अझ मेलम्चीको पाइप गाड्न सडक खनेर हैरान भएका कपन क्षेत्रका बासिन्दाको हकमा त यो झनै टाढा छ ।

तर, पानी आउने समय अझै टुंगो लागिसकेको छैन । पाइन बिछ्याउँदा भएको धुलोधुँवाको सास्ती, भत्केको सडक र अस्तव्यस्तताबाट मुक्ति पाउने समय अझै आइसकेको छैन । दसैंमा ल्याउने भनिएको पानी पछिल्लो समयमा २०७४ भित्र ल्याउने बताइएको छ ।

तर, मेलम्चीको पानी आउँदा पानीको समस्या हट्यो भनेर राजधानीवासी रमाइहाल्नुपर्ने अवस्था छैन । आयोजनाले चक्रपथभित्रका केही क्षेत्रबाहेक पानी वितरण सञ्जालको लागि पाइप बिछ्याएको छैन । आजको नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij