२०८३ साउन ९ शनिबार

अब लोकसेवा आयोगले बैंकबाट दस्तुर बुझ्ने

ई आर्थिक    सोमबार, भाद्र १९ २०७४
6.1K
Shares
अब लोकसेवा आयोगले बैंकबाट दस्तुर बुझ्ने

१९ भदौ, काठमाडौं । लोकसेवा आयोगमा अब दरखास्त फारामको दस्तुर बुझाउन लाइन लाग्नु नपर्ने भएको छ ।

यसै आवदेखि बैंकिङ प्रणालीबाट परीक्षार्थीको दरखास्त फारामको दस्तुर लिने व्यवस्था गरेको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

आयोगले ग्लोवल आइएमई बैंकमार्फत अनलाइन फाराम भरेका परीक्षार्थीको रकम लिने भएको हो । परीक्षार्थीले अनलाइनबाट फाराम भरेपछि मास्टर कोड लिएर बैंकबाट दस्तुर बुझाउन सक्ने छन् ।

अनलाइनमा फाराम भरे पनि आयोगमा दस्तुर बुझाउन परीक्षार्थीले लाइन नै लाग्नु पर्ने गथ्र्यो । उहाँले उपत्यका बाहिरबाट फाराम भर्ने परीक्षार्थीका लागि भने बैंकबाट दस्तुर बुझ्ने व्यवस्था नगरिएको बताउनुभयो ।

आयोगले ग्लोबल बैंकका काठमाडौँ रहेका १३ वटा शाखाबाट रकम बुझ्ने व्यवस्था गरेको छ ।

यसअघि अनलाइनमार्फत फाराम भरे पनि परीक्षार्थीले उपत्यकाका लागि आयोगको केन्द्रीय कार्यालय र उपत्यकाका बाहिर क्षेत्रीय कार्यालय, अञ्चल कार्यालय र हुलाकबाट फारामको दस्तुर बुझ्ने व्यवस्था गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij