२०८३ साउन ९ शनिबार

नेपाल–भारत जनस्तरको सम्बन्ध राज्यस्तरमा प्रतिविम्बन हुनुपर्छः परराष्ट्रमन्त्री

ई आर्थिक    आइतबार, भाद्र १८ २०७४
5.8K
Shares
नेपाल–भारत जनस्तरको सम्बन्ध राज्यस्तरमा प्रतिविम्बन हुनुपर्छः परराष्ट्रमन्त्री

१८ भदौ, काठमाडौँ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले नेपाल–भारतबीच रहिआएको जनस्तरको ऐतिहासिक सम्बन्ध राजनीतिक र राज्यस्तमा प्रतिविम्बन हुनुपर्ने बताउनुभएको छ ।

नेपाल भारत महिलामैत्री समाजले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री महराले नेपाल–भारतका जनता–जनताबीच विद्यमान सम्बन्ध अत्यन्त महत्वपूर्ण भएको बताउँदै भन्नुभयो, “सरकार र सरकारबीचको सम्बन्ध बेलाबखत खटपट हुनसक्छ तर जनस्तरको सम्बन्ध सधैंँ महत्वपूर्ण हुन्छ, मैत्री समाजले जनस्तरको सम्बन्धलाई सधैंँ प्रवद्र्धन गर्नुपर्छ ।”

नेपाल–भारतबीचको सम्बन्धलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “भारत अङ्ग्रेजको समयमा छैन र नेपाल पनि राजामहाराजाको समयमा छैन, त्यस कारण राजनीति र राज्यस्तरमा पनि जनस्तरको जस्तै सम्बन्ध हुनुपर्छ ।”

दुई छिमेकी मुलुकको सम्बन्धलाई माथि उठाउन भएका क्रियाकलापलाई जनताको तहमा पु¥याउन आफूले सधैँ सहयोग गर्ने बताउँदै परराष्ट्रमन्त्री महराले शिक्षा, स्वास्थ्य र विकास निर्माणमा नेपाललाई भारतले पु¥याउँदै आएको सहयोगको सराहना गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij