२०८३ साउन ९ शनिबार

रोग थाहा पाएपछि निको भइसकेका बिरामी अस्पतालमै बेहोस !

ई आर्थिक    आइतबार, भाद्र १८ २०७४
3K
Shares
रोग थाहा पाएपछि निको भइसकेका बिरामी अस्पतालमै बेहोस !

१८ भदौ, काठमाडौं । अस्पतालबाट बिरामी निको भई घर पुगेपछि मात्रै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्ट चिकित्सकको हातमा पुग्ने गरेको छ ।

समयमा रिपोर्ट नआए पनि धेरैजसो बिरामी निको भएर घर फर्कने गरेका छन् । बिरामीले आफूलाई लागेको रोगबारे जानकारीसमेत पाउँदैनन् ।

कतिपय बिरामी रिपोर्टपछि त्रसित बन्ने गरेको सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा शेरबहादुर पुनले बताए । ‘हामीले अनुभवका आधारमा बिरामीलाई औषधि चलाएका हुन्छौँ,’ पुनले भने, ‘बिरामी निको भएर घर जान्छन्, पछि रिपोर्टमा स्वाइनफ्लु, स्क्रब टाइफस पोजेटिभ देखिन्छ । फ्लोअपमा आउँदा रोग थाहा पाउँछन्, कतिपय अस्पतालमै बेहोस हुन्छन् ।’

नमुना परीक्षण गराउने बिरामीको संख्या सोचेभन्दा बढी भएकाले रिपोर्टमा ढिलाइ भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।
अहिले निजी र सरकारी सबै स्वास्थ्य संस्थाबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि नमुना आउने गरेका छन् । ‘त्यसैले हामीले समयमा रिपोर्ट दिन नसकेका हौँ । भएका उपकरण प्रयोगमा ल्याएर भरपुर सेवा दिएका छौँ,’ प्रयोगशालका उपमहानिर्देशक विष्णु उपाध्यायले भने । हाल स्क्रब टाइफस, मौसमी इन्फ्लुएन्जाका बिरामी बढी देखिएकाले देशभरिका नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला केन्द्रित भएका छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij