२०८३ साउन ९ शनिबार

रक्तचन्दन रुँघ्न करोडौं खर्च, फिर्ता गर्ने कूटनीतिक प्रयास असफल

ई आर्थिक    बुधबार, भाद्र १४ २०७४
5.8K
Shares
रक्तचन्दन रुँघ्न करोडौं खर्च, फिर्ता गर्ने कूटनीतिक प्रयास असफल

१४ भदौ, काठमाडौं । बरामद रक्तचन्दन सुरक्षाका लागि राज्यकोषमाथि करोडौं रुपैयाँबराबरको व्ययभार पर्दै आएको छ ।

काठमाडौंको वन परिसरमा थन्किएको रक्तचन्दन रुँघ्न मात्र १२ वर्षदेखि ३० सुरक्षाकर्मी र एक वनरक्षक खटिँदै आएका छन् । सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ती सुरक्षाकर्मीलाई अतिरिक्त सुविधासहित रक्तचन्दन सुरक्षामा खटाइएको हो ।

०६२ देखि दुई लाख ४७ हजार ४८ किलो प्रतिबन्धित रक्तचन्दन बरामद भएको विभागको तथ्यांक छ । चार कन्टेनर, एक ट्रक र एक टाटा मोबाइल गाडीमा लोड गरिएका रक्तचन्दनको व्यवस्थापन सरकारका लागि ठूलो टाउको दुखाइ बन्दै आएको छ ।

वन विभागका सूचना अधिकारी अवोधकिशोर कुसवाहका अनुसार बरामदमध्ये ८५ प्रतिशत दशीका सामान (रक्तचन्दन) का विषयमा अदालतले फैसला गरिसकेको छ । अदालतले व्यवस्थापन गर्नू भनिसके पनि सरकारले गर्न नसक्नुमा केही जटिलता छन् । जसका कारण बर्सेनि राज्यकोषमाथि करोडौंको भार परेको हो ।

नेपालले हस्ताक्षर गरेको साइटिस सन्धिअनुसार बरामद रक्तचन्दनलाई उत्पत्ति भएकै मुलुकमा फिर्ता पठाउनुपर्ने हुन्छ । वन विभागले भारतबाट तस्करी भएर आएको रक्तचन्दन भारतमै फिर्ताको प्रयास गरे पनि सफल हुन सकेको छैन ।विभाग प्रवक्ता ईश्वरी पौडेलले कूटनीतिक तवरमै रक्तचन्दन फिर्ता लिन आग्रह गर्दा भारत सरकारले चासो नदेखाएको जानकारी दिए । आजको अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij