२०८३ साउन ९ शनिबार

कृषि उपजको औसत मूल्य घटदै

ई आर्थिक    मंगलबार, भाद्र १३ २०७४
3.6K
Shares
कृषि उपजको औसत मूल्य घटदै

१३ भदौ, बनेपा। काभ्रेपलाञ्चोकमा उत्पादन हुने विभिन्न कृषि उपजको औसत मूल्य घटदै गएको छ ।

जिल्लाको पाँचखाल, बल्थली, कुशादेवी, भकुण्डबँेसी र महादेवस्थानबाट नियमित संकलन हुने विभिन्न अन्नबाली तथा नगदेबालीको मूल्य कृषकले कम पाएको तथ्यांक कार्यालय, धुलिखेलका तथ्यांक अधिकृत दिनानाथ लम्सालले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७०÷७१, २०७१÷७२, २०७२÷७३ र २०७३÷७४ मा उत्पादन गरेको स्थलबाट कृषि उपजको औसत मूल्य घटदै गएकोले कृषकले घाटा ब्यहोर्नुपरेको लम्सालले बताउनुभयो । गहुँको मूल्य रु ३१ बाट घटेर रु २३, वर्षे मकै रु २६ बाट रु २३, धान मोटो रु २९ बाट बढेर रु ३१, मसिनो धान रु ३७ बाट बढेर रु ५७, कोदो रु २१ बाट बढेर रु ३८, रातो आलु रु २९ बाट घटेर रु २७, सेतो आलु रु २५ बाट रु २२ मा झरेको छ ।

त्यस्तै तोरीको मूल्य वृद्धि भएको छ । तोरी रु ७५ बाट रु ९४ पुगेको छ । तर फलफूलको मूल्य घटेको छ । आँप, अम्बा, लिची, कागती, सुन्तला, नास्पति, जुनारको मूल्य घटेको देखिएको छ ।

यहाँबाट उत्पादन हुने विभिन्न तरकारी, काउली, रायो, भेडेखुर्सानी, काँक्रो, फर्सी, लौका, स्कुस, मोटरकोसा, बोडी, बन्दागोभीको मूल्य केही तलमाथि हुने गरेको छ ।

रागाँ, खसी, बोका र सुंगुरको मासुको मूल्य वृद्धि भएको छ । कुखुरा र हाँसको मासुको मूल्यमा केही वृद्धि भएको छ । गाईको दूधको मूल्य रु ४१ बाट रु ९४ पुगेको छ । भँैसीको दूधको मूल्य रु ५६ बाट रु ६९ पुगको छ । स्थानीय कुखुराको अण्डा मूल्य रु २१ सम्म पुगेको छ, भने उन्नत जाताका कुखुराको अण्डा रु ९ बाट रु १५ पुगेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij