२०८३ साउन ९ शनिबार

विश्वको शिक्षा नेपालमा लागू गर्न ‘एड्भान्स एड सम्मेलन’ गरिने

ई आर्थिक    शुक्रबार, भाद्र ९ २०७४
3.8K
Shares
विश्वको शिक्षा नेपालमा लागू गर्न ‘एड्भान्स एड सम्मेलन’ गरिने

 ९ भदौ, काठमाडौं । म्यानेजमेन्ट इन्टिच्युट फर नेशनल डेभलपमेण्ट (माइण्ड) नेपालले विश्वको शिक्षालाई नेपालमा लागू गर्न ‘एड्भान्स एड सम्मेलन’ गरिने भएको छ ।

माइण्ड नेपालले शुक्रवार पत्रकार सम्मेलन गरी अन्तरराष्ट्रियस्तरको उच्च माध्यामिक शिक्षा प्रदायक शैक्षिक संस्था (एड्भान्सएड)लाई नेपालमा लागू गर्न सम्मेलन गर्न लागिएको जानकारी दिएको हो ।

सम्मेलनमा माइण्ड नेपालका प्रमुख कार्यकारी अधिकृत अनिल प्रधानले नेपालमा प्रथमपटक उच्च माध्यामिक एवम् माध्यामिक शिक्षा समुदायमा शैक्षिक उन्नतिका लागि आगामी आइतवार काठमाडौंमा सम्मेलन गर्न लागिएको जानकारी दिए ।

सम्मेलनमा माइण्ड नेपालका प्रमुख कार्यसम्पादन अधिकृत सुजन अर्यालले नेपालको शिक्षालाई अन्तर्रा्ष्ट्रिय शिक्षासँग जोड्न यो सम्मेलनको आयोजना गर्न लागिएको जानकारी दिए । ‘उच्च शिक्षाका लागि दिनहुँ विदेशिने युवालाई स्वदेशमा शिक्षा दिने उद्देश्यले सम्मेलन आयोजना गर्न लागेका हौँ’, अर्यालले भने ।

एड्भान्सएडले विश्वका ७० भन्दा बढी मुलुकमा ४० हजारभन्दा बढी उच्च माध्यामिक विद्यालय तथा माध्यामिक विद्यालयमा आफ्नो गुणस्तरीय शैक्षिक प्रणाली लागू गरिसकेको छ । जसमा दुई करोडभन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् । सम्मेलनको उद्घाटन उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij