२०८३ साउन ११ सोमबार

तीज रमझम : बिहानैदेखि शिवालयहरुमा महिलाको भीड (फोटो फिचर)

ई आर्थिक    बिहिबार, भाद्र ८ २०७४
2.1K
Shares
तीज रमझम : बिहानैदेखि शिवालयहरुमा महिलाको भीड (फोटो फिचर)

८ भदौ, काठमाडौं । हरितालिका (तीज) पर्वका अवसरमा आज बिभिन्न ठाउँका प्रमुख शिवालयहरुमा बिहानैदेखि महिलाहरुको भीड लागेको छ । महिलाहरु हरितालिका तीज पर्व हर्ष उल्लासका साथ मनाइरहेका छन् ।

तीजमा व्रत बसेर शिव पार्वतीको पूजा गरेमा सौभाग्य मिल्ने धार्मिक विश्वास छ । यही विश्वासका साथ पशुपतिनाथ मन्दिर लगायतका देशभरका शिवालयहरुमा व्रतालुहरुको घुइँचो लागेको छ ।

21103568_1409020092479491_359870903_o

यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् ।

21081643_1837172313278559_1901334883_o

यो पर्व मुख्य रूपले नेपालभर मनाईन्छ भने भारतका कुनै कुनै प्रान्तमा मनाइन्छ । भनिन्छ, आद्य शक्ति भगवानशिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो वत्र राखेकि थिईन् त्यो दिन यहि हरितालिका तिजको दिन थियो त्यसै दिन आजसम्म हिन्दु नारीहरूले यो पर्व मनाउदै आएका छन् ।

21104479_1409020209146146_794929491_o

तीजमा विवाहिता महिलाहरू आफ्ना पतिको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता सुयोग्य वरको आशा राखी व्रत बस्छन् । ब्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मणब्राह्मणीहरूलाई दान दक्षिणा गर्ने चलन रहेको छ ।

21081717_1837172329945224_710810207_o

तीजको व्रत अन्य व्रत भन्दा फरक ढंगले लिइन्छ । यस दिन पानीसम्म पनि नखाई ब्रत बस्नुपर्ने परम्परागत मान्यता रहेको भएपनि कतिपय महिलाहरु महादेवको पुजा आराधना पश्चात फलफुल ग्रहण गर्दछन् ।

21081679_1837172339945223_749577093_o

यसै दिन पार्वतीले आफ्नो तपस्या पूरा गरी शिवजी पाएको विश्वास गरिने हुनाले यस दिनलाई हर्षोल्लासका साथ नाचगान गरी मनाइने गरिन्छ ।

21081633_1837172343278556_2121225242_o

21122981_1409020105812823_1675829405_o

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij