२०८३ साउन ९ शनिबार

सशस्त्र बन्दुकधारीको आक्रमणमा नौ गाउँलेको मृत्यु, १० घाइते

ई आर्थिक    सोमबार, भाद्र ५ २०७४
4.3K
Shares
सशस्त्र बन्दुकधारीको आक्रमणमा नौ गाउँलेको मृत्यु, १० घाइते

५ भदौ, मनिला । दक्षिण फिलिपिन्सको बासिलान प्रान्तको एक दुर्गम गाउँमा सशस्त्र बन्दुकधारीहरु गरेका आक्रमणमा परी नौ व्यक्तिको मृत्यु भएको छ ।

यस आक्रमणमा परी अन्य १० घाइते भएका छन । सोमबार बिहान ५० भन्दा बढी सशस्त्र बन्दुकधारीहरुले सो आक्रमण गरेका प्रहरी स्रोतले जानकारी दिएको छ ।

स्थानीय समयानुसार सोमबार बिहान ५ः३० बजे सो आक्रमण भएको थियो । ती बन्दुधारीहरुले गाउँलेहरुलाई गोली प्रहार र घरहरुमा आगजनी गर्दैै आक्रमण सुरु गरेका उक्त प्रान्तका प्रहरी निरीक्षकले जानकारी दिनु भएको छ ।

यस आक्रमणमा कुनै समूहको हात रहेको हो सोको परिचय नखुलेको प्रहरीले जानकारी दिएको छ ।

हालसम्म कुनै पनि समूहले यस आक्रमणको जिम्मा पनि लिएका छैनन । -सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij