५ भदौ, काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लागि आफ्नै सवारीसाधनबाट ट्रायल दिन पाइने भएको छ ।
सर्वोच्च अदालतले आफ्नै सवारी साधानमार्फत ट्रायल दिन पाइने अन्तरिम आदेश दिएको हो । आदेशले ट्रायलमा परीक्षार्थीलाई आफ्नै सवारी प्रयोग गर्न सक्ने गरी बाटो खोलिदिएको छ ।
यसअघि यातायात व्यवस्था विभागले सीमित कम्पनीका सवारी साधनबाट मात्रै ट्रायल दिन पाइने व्यवस्था गरेको थियो ।