२०८३ साउन ९ शनिबार

श्रीलंकन प्रधानन्यायधिसद्वारा चन्द्रागिरि केबलकारको भ्रमण

ई आर्थिक    आइतबार, भाद्र ४ २०७४
22.8K
Shares
श्रीलंकन प्रधानन्यायधिसद्वारा चन्द्रागिरि केबलकारको भ्रमण

४ भदौ, काठमाडौं । श्रीलंकाको सर्वोच्च अदालतका प्रधान्यायधिश प्रियासाथ डेपले आज चन्द्रागिरि केबलकारको भ्रमण गरेका छन् ।

भ्रमणमा क्रममा भालेश्वर महादेवको दर्शन गर्नुका साथै मनोरम दृष्यहरुको पनि अवलोकन गरेका थिए । अनौपचारिक भ्रमणका लागि नेपाल आएका प्रियासाथलाई चन्द्रागिरिमा चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्र प्रसाद ढकाल र महाप्रवन्धक अभिषेक विक्रम शाहले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका हुन् ।

डेपले चन्द्रागिरि भ्रमणबारे प्रतिक्रिया दिदैँ आफुलाई स्वच्छ र सुन्दर ठाँउमा आउन पाउँदा धेरै खुशी भएको तथा श्रीलंकामा पनि यस्तै किसिमको पर्यटकिय स्थलको सम्भावना रहेको बताएका थिए ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij