२०८३ साउन ९ शनिबार

अब व्यक्तिगत घरायसी लिखत कागज पनि अभिलेखालयमा राखिने

ई आर्थिक    शुक्रबार, भाद्र २ २०७४
10.2K
Shares
अब व्यक्तिगत घरायसी लिखत कागज पनि अभिलेखालयमा राखिने

२ भदौ, काठमाडौँ । राष्ट्रिय अभिलेखालयले राष्ट्रिय महत्वका व्यक्तिगत वा संघ संस्थाका घरायसी लिखत कागज पनि संकलन गर्ने तयारी थालेको छ ।

अभिलेखालयका प्रमुख सौभाग्य प्रधानाङ्गले पुराना घरायसी लिखित कागजातले राष्ट्रिय महत्व दर्शाउने भएकाले त्यस्ता कागजलाई संकलन गरी संरक्षण गर्नको लागि तयारी गरिएको बताउनुभयो ।

जिल्ला–जिल्लामा टोली खटाई अभिलेखालयले त्यस्ता कागज संकलन गर्नेछ । उहाँका अनुसार लालमोहर लागेका पत्र, पञ्जा छाप र राज्यले कुनै व्यक्तिलाई जग्गा दिँदा गरेको कागजजस्ता पुराना व्यक्तिगत हस्तलिखित कागजातलाई अभिलेखालयले संकलन गरी संरक्षण गरिने छ ।

‘‘कुनै व्यक्तिले अभिलेखालयमा आएर आफैँ संरक्षण गर्नुहोस् भनेर पनि दिन सक्दछन्’’ उहाँले भन्नुभयो–‘‘त्यसका अलावा हामी आफँै जिल्ला–जिल्लामा टोली खटिई संकलन गर्ने छौँ ।’’

उहाँले त्यस्ता व्यक्तिगत लिखितलाई किनेर भए पनि ल्याइने बताउनुभयो ।

यस्तै अभिलेखालयले व्यक्तिले राखेको धार्मिक ग्रन्थलाई पनि संकलन गर्ने भएको छ । टोलीमा जिल्लामा गई व्यक्तिसँग भएका पुराना धार्मिक ग्रन्थलाई पनि संकलन गर्ने तयारीसमेत गरेको छ । व्यक्तिको घरमा रहँदा ती धार्मिक ग्रन्थको संरक्षण नहुने भएकाले उनीहरुको मञ्जुरीमा अभिलेखालयमा ल्याई संरक्षण गरिने छ ।

अभिलेखालयमा राजा गीवार्णयुद्धविक्रम शाहदेवका पालादेखिका करिब ३० हजार हस्तलिखित पुराना ग्रन्थ रहेका छन् । कुनै पनि लिखित कागज २५ वर्ष पूरा भएपछि अभिलेखका रुपमा त्यस्त कागजलाई लिने गरिन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij