२०८३ साउन ११ सोमबार

सिटिजन्स बैंकले शेयरधनीलाई १६ प्रतिशत बोनस दिने

ई आर्थिक    शुक्रबार, भाद्र २ २०७४
3.2K
Shares
सिटिजन्स बैंकले शेयरधनीलाई १६ प्रतिशत बोनस दिने

२ भदौ, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले १६ प्रतिशत बोनस शेयर बितरण गर्ने घोषणा गरेको छ ।

बैंक सञ्चालक समितीको बुधबार सम्पन्न २५२ औं बैठकले वितरण योग्य मुनाफाबाट २०७४ आषाढ मसान्तको चुक्ता पूँजी रु ६अर्व ९२ करोड १६ लाख ८९ हजार ६ सय ६१ मा १६ प्रतिशत बोनस शेयर र सोमा लाग्ने करको लागि १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । बैंकको लाभांस बितरण सम्वन्धी निर्णय भने नेपाल राष्ट्र बैंकको स्वीकृती एवं बैंकको आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वनयमा आउने छ ।

हाल छ अर्ब ९२ करोड रुपैयाँको हाराहारीमा चुक्ता पुंजी रहेको बैंकको बोनस शेयर बितरण पश्चात भने चुक्ता पुंजी आठ अर्ब दुुई करोड रुपैयाँ पुुग्ने छ । बैंकले गत आवमा एक अर्ब २० करोड रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij