२०८३ साउन ९ शनिबार

बाँधको कटान रोक्न २४ घण्टे धार्मिक अष्टजाम

ई आर्थिक    बिहिबार, भाद्र १ २०७४
2.7K
Shares
बाँधको कटान रोक्न २४ घण्टे धार्मिक अष्टजाम

१ भदौ, लहान। कमला नदीको बाढीले बस्ती नजिकै कटान गर्न थालेपछि सिरहा नगरपालिका–६ बसबिट्टाका बासिन्दाले बुधबार साँझबाट बाँधमै २४ घण्टे धार्मिक अनुष्ठान (अष्टजाम) गरेका छन् ।

माताको रुपमा रहेकी कमला नदी रिसाएर बस्ती नजिकैको तटबन्ध बाढीले कटान गर्न थालेकोले नदीलाई खुशी पार्न भन्दै स्थानीय गाउँलेले कटान भइरहेकै स्थानमा २४ घण्टे अष्टजाम शुरु गरेका हुन् ।

गाउँलेबाट चन्दा उठाएर अष्टजाम शुरु गरेका छौँ, स्थानीयवासी तथा राजनीतिकर्मी रामसुगारत पासवानले भन्नुभयो, “२४ घण्टे अष्टजामपश्चात् बाँध कटान रोकिने र बाढीबाट बस्ती जोगिने विश्वासका साथ हामीले अष्टजाम शुरु गरेका हौँ ।”

केही वर्षअघि पनि बाढीले कटान गरेकाले हामीले अष्टजाम गरेपछि आफैँ कटान राकिएको थियो, त्यसैकारण यसपालि पनि कटान रोक्न अष्टजाम गरेको उहाँको भनाइ थियो ।

कमला नदीले केही दिनयता धार परिवर्तन गरेर बस्तीतर्फ बाढी आउन थालकाले बसबिट्टाका बासिन्दा त्रस्त भएका छन् ।

कमला नदीको तटबन्धसँगै टाँसिएको बसबिट्टामा यादव, पासवानलगायत विभिन्न जातजातिको बसोबास छ । उक्त स्थानमा कमला नदीको तटबन्ध भत्किए सदरमुकाम सिरहासहित एक दर्जन गाउँका बासिन्दा विस्थापित हुने भएकाले सम्भावित दुर्घटनाबाट जोगाउन अष्टजाम गरिएको र तटबन्ध संरक्षणका लागि प्रमुख जिल्ला अधिकारीलगायत सम्बन्धित निकायलाई समेत गुहारेको थानीयवासीले बताएका छन् ।

हामीले बस्तीतर्फको तटबन्ध नजिकैबाट बगिरहेको बाढीको धारलाई चाइनेलाइज गरी धार परिवर्तन गर्न प्रजिअ श्रेष्ठलाई आग्रह ग¥यौैँ, तर उहाँले यो कुरा कूटनीतिक माध्यमबाट मात्र समाधान हुने भएकाले भारतीय पक्षको स्वीकृतिबिना गर्न नसकिने जवाफ दिएको स्थानीयवासी प्रितम यादवको गुनासो छ ।

यसैबीच कमला नदीको बाढीले कटान गर्न लागेको स्थानमा नेपाली सेना, नेपाल प्रहरी र जनकपुरस्थित जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयको टोली खटिएको छ । कटान भइरहेको स्थानमा तटबन्ध जोगाउन बोरामा बालुवा हालेर तारजाली लगाउने कार्य भइरहेको सिरहाका प्रजिअ श्रीकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

अहिले बोरामा बालुवा हालेर प्लास्टिकको तारजालीले स्पर निर्माण गरी तटबन्ध कटान गर्नबाट बचाउने प्रयास भइरहेको र तत्कालका लागि कुनै खतरा नरहेको प्रजिअ श्रेष्ठले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij