२०८३ साउन ९ शनिबार

भोलिबाट पाँच रुपैयाँको नयाँ नोट चलनचल्तिमा आउने

ई आर्थिक    सोमबार, साउन ३० २०७४
5.9K
Shares
भोलिबाट पाँच रुपैयाँको नयाँ नोट चलनचल्तिमा आउने

३० साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन ३१ गते मंगलवार (भोलि)बाट ५ रुपैयाँको नयाँ नोट चलनचल्तिमा ल्याउने भएको छ ।

हालको नोटमा रहेको जस्तो तलेजु भवानीको मन्दिरको चित्र नयाँ नोटमा रहने छैन् ।

यसको सट्टामा भूकम्पअघिको काष्ठमण्डप मन्दिरको चित्र रहेको छ ।

त्यस्तै, सगरमाथाको चित्रको विकल्पमा हुम्लाको लिमि क्षेत्रको हिमाल, साविकका याकहरुको सट्टामा वन्य याक राखिएको छ ।

यी नोटमा संकेत नम्बर ढ/६६ ०००००१ देखि थ/४५ ९९९९९९ सम्म रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij