२०८३ साउन ९ शनिबार

चाडपर्व नजिकिएसँगै खुलेआम जुवातास, सरकारी कर्मचारीसहित नौजना जुवाडे पक्राउ

ई आर्थिक    आइतबार, साउन २९ २०७४
3.4K
Shares
चाडपर्व नजिकिएसँगै खुलेआम जुवातास, सरकारी कर्मचारीसहित नौजना जुवाडे पक्राउ

२९ साउन, डडेल्धुरा । डडेल्धुरा जिल्ला सदरमुकामस्थित एक होटेलबाट प्रहरीले नौजना जुवाडे पक्राउ गरेको छ ।

शनिबार अमरगढी नगरपालिका–५ कीर्तिपुर नजिकै रहेको मित्र होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभएको छ ।

जुवा खेलिरहेको अवस्थामा जिप्रका डडेल्धुराको विशेष टोलीले उनीहरुको साथबाट रु चार हजार ७० समेत फेला पारेको हो । पक्राउ पर्नेमध्ये अधिकांश व्यक्ति जिल्लाका सरकारी कार्यालयका कर्मचारी रहेको नायब उपरीक्षक शाहीले जानकारी दिनुभयो । जुवाडेलाई प्रहरीले नियन्त्रणमा राखी थप अनुसन्धान थालेको छ ।

चाडपर्व नजिकिएसँगै डडेल्धुराको बागबजारमा खुलेआम जुवातास खेल्ने र खेलाउनेको संख्या बढेको पाइन्छ । पछिल्लो समयमा प्रहरीले जुवातास नियन्त्रणमा सक्रियता बढाएको छ ।

जिप्रका डडेल्धुराले जिल्लाका विभिन्न स्थानमा दैनिक भइरहेको लाखौँको जुवातास नियन्त्रणमा आफ्नो सक्रियता बढाएको हो । जिल्लाका विभिन्न स्थानमा दैनिक सादा पोशाकका प्रहरी खटाइएको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिनुभयो ।

जिल्लाका ग्रामीण भेगमा रहेका प्रहरी चौकीलाई पनि जुवातास नियन्त्रणमा आफ्नो सक्रियता बढाउन निर्देशन दिइएको जिप्रका डडेल्धुराले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij