२०८३ साउन ९ शनिबार

यसरी फन्दामा परे उमेर ढाँट्ने डीएसपी

ई आर्थिक    आइतबार, साउन २९ २०७४
5K
Shares
यसरी फन्दामा परे उमेर ढाँट्ने डीएसपी

२९ साउन, काठमाडौँ । डेढ बर्ष अघि नै सेवाबाट अनिवार्य अवकास पाउनुपर्ने एक प्रहरी अधिकृतले उमेर ढाँटेर डीएसपीमा बढुवासमेत पाएका छन् ।

हालै गृह मन्त्रालयले बढुवा गरेको सूचीमा परेका बल्लभबहादुर सिंहले फरक फरक जिल्लाबाट फरक मितिमा नागरिकता जारी गरेको फेला परेपछि प्रहरी किताबखानाले सिंहमाथि कारबाही गरेको छ ।

सिंहले प्रहरी किताबखानामा पेश गरेको नागरिकतामा जन्ममिति २०१६ साल उल्लेख छ। कामको सिलसिलामा कालिकोट पुगेका उनले त्यहाँबाट लिएको प्रतिलिपि नागरिकतामा जन्ममिति २०१८ साल उल्लेख छ।

प्रहरी नायब उपरीक्षकमा बढुवा भएका ९४ जनामध्ये उनी अन्तिममा बढुवा भएका थिए। उनले पेश गरेको नागरिकतामा फरक–फरक जन्ममिति फेला परेपछि प्रहरी किताबखानाले कारबाहीका लागि प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको छ। उनले पेश गरेको नागरिकताअनुसार डेढ वर्षअघि नै सेवाबाट अनिवार्य अवकाश पाउनुपर्ने थियो।

तर ढाँटेर फरक जन्ममितिको नागरिकता पेश गरेर उनी बढुवा भएका थिए। उनको बढुवा रद्द गर्ने तयारी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। आजको नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij