२०८३ साउन ९ शनिबार

गोविन्द केसीको आमरण अनशनको १९ दिन : देशभर अस्पतालको बहिरङ्ग सेवा बन्द

ई आर्थिक    शुक्रबार, साउन २७ २०७४
4.1K
Shares
गोविन्द केसीको आमरण अनशनको १९ दिन : देशभर अस्पतालको बहिरङ्ग सेवा बन्द

२७ साउन, काठमाडौं । सरकारी चिकित्सक सङ्घ (गोदान)ले आज देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेको छ ।

त्रिवि शिक्षण अस्पतालमा चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्नेलगायतको माग राख्दै १९ दिनदेखि आमरण अनशनमा बस्नुभएका डा गोविन्द केसीको माग सम्बोधनका लागि दबाब दिँदै सङ्घले आज आकस्मिक बाहेकका सेवा बन्द गरेको हो ।

बिहीबार आकस्मिक बैठक बसेर आजदेखि सम्पूर्ण अस्पतालमा आकस्मिक बाहेकका सेवामा संलग्न नहुने निर्णय गरेको हो । सङ्घले यसअघि चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

सङ्घका अध्यक्ष डा दीपेन्द्र पाण्डेले अस्पतालमा हुने बिरामी र भर्ना भएर बसेका बिरामीको उपचारका लागि अस्पताल परिसरमा आवश्यक पूर्वाधार जुटाएर ओपिडी सेवा उपलब्ध गराउने विज्ञप्तिमार्फत जनाउनुभएको छ ।

सङ्घले अस्पताल परिसरमा बहिरङ्ग सेवा बाहिर बसेर सेतो कागजमा लेखी बिरामी हेर्न चिकित्सकलाई अनुरोध गरेको छ । राज्यले विगतमा औपचारिकताका लागि छिटफुट वार्ता गरेपनि डा केसीका माग पूरा गर्न उदासीनता देखाएको सङ्घले आरोप लगाएको छ ।

सङ्घको निर्णयबाट उत्पन्न हुने असहजताको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारको हुने सङ्घले विज्ञप्तिमा उल्लेख गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij