२०८३ साउन ९ शनिबार

नक्कली भ्याट बिलमा सरकारको नजर, दोस्रो ठूलो अनुसन्धान हुँदै

ई आर्थिक    सोमबार, साउन २३ २०७४
2.4K
Shares
नक्कली भ्याट बिलमा सरकारको नजर, दोस्रो ठूलो अनुसन्धान हुँदै

२३ साउन, काठमाडौं । सरकारले फेरि नक्कली भ्याटबिलको प्रयोग बढेको भन्दै अनुसन्धान अगाडि बढाएको छ ।

अवैध हुन्डी कारोबारमा संलग्न रहेको आशंका गरिएका केही फर्म तथा संस्थाले नक्कली भ्याटबिल प्रयोग गर्ने गरेको आशंकामा राजस्व अनुसन्धान विभागले छानबिन अगाडि बढाएको हो ।

विभाग स्रोतका अनुसार, करोडौंको कारोबार गर्ने दर्जनौं व्यापारिक फर्म तथा संस्थाले नक्कली भ्याटबिलको प्रयोग गर्ने गरेको पाइएको छ ।

विभागमा परेको उजुरीका आधारमा नक्कली भ्याटबिल छानबिन कार्य अघि बढाइएको विभागले जनाएको छ । विभागका महानिर्देशक रामकृष्ण सुवेदीले छानबिन अगाडि बढाइएको नक्कली भ्याटबिल प्रकरण निकै ठूलो भएको बताए । आजको कारोबार दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij