२०८३ साउन ९ शनिबार

हवाइ आक्रमणमा पचास तालिवान लडाकूको मृत्यु

ई आर्थिक    आइतबार, साउन २२ २०७४
3.1K
Shares
हवाइ आक्रमणमा पचास तालिवान लडाकूको मृत्यु

खोस्ट (अफगानिस्तान) । अफगानिस्तानको पूर्वी क्षेत्र खोस्टमा लुकिछिपी बसेका तालीवानी लडाकूलाई लक्षित गरी गरिएको कारबाहीमा कम्तीमा ५० तालीवानी लडाकूको मृत्यु भएको स्थानीय सुरक्षा अधिकारीले शनिबार बताएका छन् ।

आक्रमणमा तीन जना घाइते भएका बताइएको छ ।

स्थानीय प्रहरी प्रमुख गुलाव मङ्गलले बताउनुभयो, “मुसाखिल जिल्लाको पिरी क्षेत्रमा शुक्रबार राति अमेरिकी नेतृत्वको गठबन्धनले चलाएको हवाई आक्रमणमा ५० जना तालीवानी लडाकूको मृत्यु भएको र तीन जना विद्रोही घाइते भएका छन् ।” उक्त क्षेत्र राजधानी काबुलबाट १५० किलोमिटर दक्षिण पूर्वमा पर्छ ।

आक्रमणमा तालीवान विद्रोहीले लुकाई राखेका केही हतियार र बन्दोबस्तीका सामान र उनीहरूले लामो समयदेखि प्रयोग गर्दै आएको आश्रयस्थल पनि नष्ट गरिएको छ ।

घटनाबारे शनिबार एक विज्ञप्ति प्रकाशित गरी अफगानी रक्षामन्त्रीले पनि पुष्टि गर्नुभएको छ ।
विद्रोही समूहले भने यसबारे कुनै प्रतिक्रिया जनाएको छैन । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij