२० साउन, काठमाडौं । प्रभु बैंकले गत आर्थिक बर्ष २०७३/७४ मा एक अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको छ ।
यो अघिल्लो आर्थिक बर्षको भन्दा ६१ करोड बढी हो । प्रभु बैंकले अघिल्लो आर्थिक वर्ष २०७२/७३ मा एक अर्ब १४ करोड रुपैयाँ नाफा कमाएको थियो । बैंकले गत आर्थिक बर्षमा खुद ब्याज आम्दानी दुर्इ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक बर्षमा खुद ब्याज आम्दानी एक अर्ब ९६ करोड रुपैयाँ रहेको थियो।
बैंकले सम्भावित जोखिम व्यवस्थाका लागि छुट्याइएको रकममध्ये एक अर्ब ७२ करोड १७ लाख रुपैयाँ राइट ब्याक समेत गरेको छ । बैंकले गत आर्थिक बर्षमा ८१ अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो भने ६१ अर्ब ९७ करोड रुपैयाँ ऋण लगानी गरेको छ। अघिल्लो आर्थिक बर्षमा बैंकले ६० अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरि ४८ करोड २१ लाख रुपैयाँ ऋण लगानी गरेको थियो।
बैंकको चुक्ता पूँजी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा दुर्इ अर्ब पाँच करोड रुपैयाँ जम्मा भएको प्रभु बैंकले जनाएको छ ।बैंकको पूँजी कोष अनुपात अघिल्लो आर्थिक बर्ष १२.१३ प्रतिशत रहेकोमा गत आर्थिक बर्षमा ११.०५ प्रतिशत रहेको छ। बैंकको खराब कर्जामा सुधार गर्दै ल्याएको छ । अघिल्लो आर्थिक बर्षमा ८.३८ प्रतिशत रहेकोमा गत आर्थिक बर्षमा ४.२९ प्रतिशत रहेको छ।