२०८३ साउन ९ शनिबार

चीनमा सात लाखभन्दा बढी सामाजिक संस्था सक्रिय

ई आर्थिक    शुक्रबार, साउन २० २०७४
4.2K
Shares
चीनमा सात लाखभन्दा बढी सामाजिक संस्था सक्रिय

२० साउन, बेइजिङ । चीनमा सन् २०१६ को अन्त्य सम्ममा झण्डै सात लाख दुई हजार सामाजिक सङ्घसस्थाहरु रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।

चीनको नागरिक मामिला हेर्ने मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार तीन लाख ३६ हजार सामाजिक समुह र सङ्घ तथा समितिहरु रहेका छन् ।

त्यसैगरी पाँच हजार पाँच सय ५९ प्रतिष्ठान र तीन लाख ६१ हजार ओटा गैर व्यापारिक निजी संस्थाहरु रहेको मन्त्रालयले जनाएको छ ।

गत बर्षको अन्त्यसम्ममा सामाजिक सङ्घ संस्थाहरुबाट ७० लाख ६३ हजार जनाले रोजगारी पाएका थिए । यस बर्ष त्यसमा ३.९ प्रतिशत बृद्धि भएको छ ।

सन् २०१६ भरीमा सामाजिक सङ्घसंस्था सम्बन्धी दुई हजार तीन सय ६३ ओटा घटनामा अधिकारीहरुले अनुसन्धान गरेका छन् । अनुसन्धानका क्रममा गलत ठहरिएका १६ घटनामा कारबाही गरिएको छ ।

चीनमा गैर व्यापारिक निजी संस्थाको रुपमा विषेशगरी विद्यालयहरु, अस्पतालहरु, बृद्धबृद्धालाई हेरविचार गर्ने ठाँउ र सङ्ग्रालयहरुलाई बुझिन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij