२०८३ साउन ९ शनिबार

बाइपास अतिक्रमण तीन दिनभित्र खाली गराउन सूचना

ई आर्थिक    बुधबार, साउन १८ २०७४
2.1K
Shares
बाइपास अतिक्रमण तीन दिनभित्र खाली गराउन सूचना

१८ साउन, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जको बाइपास सडकखण्डमा जग्गा अतिक्रमण गरी घर टहरा, ट्र्याक्टर, बस, ट्रक, पसल राख्ने गरेकाले तीन दिनभित्र त्यो ठाउँ खाली गराउन सबैलाई सूचना जारी गरेको छ ।

बाइपास सडकखण्डमा बाटो छेकी राखेका साइड पसल, ट्रक बस मर्मत गर्ने पसल राखी बाटो नै अतिक्रमण गरेकाले यातायातमा असुविधा हुँदा आजदेखि ती अतिक्रमण हटाउन सूचना जारी गरेको पर्साका प्रहरी उपरीक्षक सुदीप गिरीले बताउनुभयो ।

प्रहरीले वीरगञ्ज महानगरपालिकासँग सहकार्य गरी सो कदम चालेको हो । वाइपास सडकको दायाँबायाँ अतिक्रमण गरी विभिन्न व्यक्तिले पसल राखेकाले सवारीसाधन तथा पैदलयात्रीलाई आवतजावतमा समस्या भएकाले प्रहरीले सो तीन दिने सूचना जारी गर्दै तोकिएको समयमा सो अतिक्रमण नहटाए प्रहरी आफैँले अतिक्रमण हटाउने समेत सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij