२०८३ साउन ९ शनिबार

कतारबारे छलफल गर्न अरबका विदेशमन्त्रीहरुको बैठक बहराइनमा बस्दै

ई आर्थिक    आइतबार, साउन १५ २०७४
4K
Shares
कतारबारे छलफल गर्न अरबका विदेशमन्त्रीहरुको बैठक बहराइनमा बस्दै

१५ साउन, दुबई । आतङ्ककारीहरुलाई आश्रय र संरक्षण दिएको आरोप लगाएर कतारमाथि कूटनीतिक सम्बन्ध विच्छेद गरेका गल्फ राष्ट्रका विदेशमन्त्रीको बैठक शनिबार दुबइमा बस्ने भएको छ ।

कतारका छिमेकी अरब देशहरुले नै उसमाथि नाकाबन्दी पनि लगाएका छन् । कतारकाथि छिमेकी गल्फ देशले गत जुन ५ देखि नाकाबन्दी लगाएका छन् । ती देशले कतारमाथि अकस्मात कूटनीतिक सम्बन्ध विच्छेदको घोषणा गरेका थिए ।

साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, बहराइन र इजिप्टले कतारसँगको कूटनीतिक सम्बन्ध विच्छेद गर्नुको साथै नाकाबन्दी पनि लाएका छन् । उनीहरुले कतारसँगको सम्बन्धलाई पुरानै अवस्थामा ल्याउन विभिन्न शर्त पनि राखेका छन् ।

यसै विषयमा बहराइनको राजधानीमा आइतबार अरब राष्ट्रहरुका विदेशमन्त्रीको बैठक बस्न लागेको हो । कतारमाथि प्रतिबन्ध एवम् नाकाबन्दी लगाइएको झण्डै दुई महिनापछि उनीहरुको यो बैठक दोस्रो पटक बस्न लागेको हो ।

विशेषगरी गल्फकै ती राष्ट्रले कतारमाथिको यो प्रतिबन्धलाई हटाउनका लागि भन्दै केही प्रस्ताव अघि सारेका छन् । तर ती प्रस्तावमा कतारको समर्थन छैन ।

उनीहरुले राखेका शर्तमध्येको एक कतारको टेलिभिजन अल जाजिरा बन्द गर्नुपर्ने पनि हो । योसहित उनीहरुले सामुहिक रुपमा १३ वटा विभिन्न शर्त अघि सारेका छन् । उनीहरुले राखेका यी शर्त पूरागर्न कतार अनिच्छुक छ ।

कतार समस्याको समाधानका लागि भन्दै कुवेतले मध्यस्थता गरिरहेको छ । तर त्यो प्रभावकारी हुन सकिरहेको छैन ।

ती देशले कतारले इरानसँगको कूटनीतिक सम्बन्ध पनि तोड्नुपर्ने र कतारमा रहेको टर्कीको सैनिक पोष्ट हटाउनुपर्ने कुरा पनि आफ्नो शर्तमा राखेका छन । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij