२०८३ साउन ९ शनिबार

विद्युत् कार्यालयमा तालाबन्दी

ई आर्थिक    आइतबार, साउन १५ २०७४
2.4K
Shares
विद्युत् कार्यालयमा तालाबन्दी

१५ साउन, भीमदत्तनगर । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) कञ्चनपुरले आज भीमदत्तनगरस्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालयमा तालाबन्दी गरेको छ ।

विद्युत् कटौतीको समस्या समाधान गर्न विद्युत् कार्यालयलाई पटकपटक ज्ञापन र स्मरणपत्र बुझाउँदा पनि अटेर गरेको भन्दै विद्युत् कार्यालयका प्रमुखको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरिएको क्रान्तिकारी विद्यार्थी सङ्गठनले जनाएको छ ।

क्रान्तिकारी विद्यार्थी सङ्गठन कञ्चनपुरका अध्यक्ष वीरेन्द्रराज विष्टले विद्युत आपूर्ति समस्या समाधानका लागि दिइएका दबाबको बेवास्ता गरेकाले तालाबन्दी गरिएको बताउनुभयो । “हामीले यसअघि पनि सातदिने अल्टिमेटम दिएका थियौँ,” अध्यक्ष विष्टले भन्नुभयो – “मुलुक विद्युत् कटौतीबाट मुक्त भए पनि यहाँ समस्या समाधानका लागि पहल गरिएन ।” उहाँले माग पूरा नभएसम्म आन्दोलन जारी रहने पनि बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij