२०८३ साउन ९ शनिबार

प्राथमिक स्वास्थ्य केन्द्रका लागि पन्ध्र करोडको उपकरण खरिद

ई आर्थिक    आइतबार, साउन १५ २०७४
3.5K
Shares
प्राथमिक स्वास्थ्य केन्द्रका लागि पन्ध्र करोडको उपकरण खरिद

१५ साउन, काठमाडौँ । सरकारले देशभरका १२० प्राथमिक स्वास्थ्य केन्द्रका लागि रु १५ करोड बराबरको आधारभूत उपचार उपकरण खरिद गरेको छ ।

स्वास्थ्य मन्त्रालय आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा भीमसिंह तिनकरीले असारमा नै उपकरण आइसकेको जानकारी दिँदै आवश्यकता हेरी आफ्नो भवन भएका स्वास्थ्य केन्द्रलाई सामग्री लिन बोलाइएको बताउनुभयो ।

सबै स्वास्थ्य केन्द्रमा एमबिबिएस चिकित्सकको व्यवस्था गरिएको छ । उपचारका लागि आधारभूत उपकरण नभएको भन्दै चिकित्सकहरु स्वास्थ्य केन्द्रमा जान आकाकानी गरेपछि ४३ प्रकारका आधारभूत उपकरण खरिद गरेको हो ।

निर्देशक तिनकरीले भन्नुभयो, “बीमा कार्यक्रमलाई पनि लक्षित गरी सबै स्वास्थ्य केन्द्रलाई उपकरणयुक्त बनाउन लागिएको हो, जनतालाई स्थानीय तहमै स्वास्थ्य उपचारमा विश्वास दिलाउनु पनि आवश्यक छ ।”

एउटा स्वास्थ्य केन्द्रलाई ४३ प्रकार प्रयोगशालाको सम्पूर्ण उपकरण, सुत्केरी गराउने शय्या, एक्सरे मेसिन, फ्रिज, रक्तचाप नाप्ने यन्त्र, ट्रली, सुत्केरी सामग्री, डे«सिङ सामग्री, बिरामी जाँच गर्ने सम्पूर्ण साधनलगायतका आवश्यक ४३ प्रकारका उपकरण खरिद गरिएको निर्देशक तिनकरीले बताउनुभयो ।

एउटा स्वास्थ्य केन्द्रले रु छ लाख ७० हजार ९३३ बराबरको ४३ प्रकारका उपकरणका प्राप्त गर्नेछन् । सरकारले अघिल्लो आवमा रु ६५ करोड स्वास्थ्य केन्द्रलाई उपकरण खरिदका लागि छुट्याए पनि रु १५ करोड मात्र निकासा भएको महाशाखाको भनाइ छ । अझै अल्ट्रासाउन्डलगायतका सामग्री पनि खरिद गर्ने भनिएको भए पनि रकम निकासा नभएपछि किन्न नसकेको महाशाखाले जनाएको छ ।

मन्त्रालयले अन्य अस्पतालका उपकरण खरिद गर्ने भन्दै रु एक अर्ब विनियोजन गरेको दाबी गरेको छ तर महाशाखाले रु १५ करोड मात्र निकासा भएको बताएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij