२०८३ साउन ९ शनिबार

श्रीमती माग्दै पाँच दिनदेखि ससुरालीमा अनशन

ई आर्थिक    आइतबार, साउन १५ २०७४
2.2K
Shares
श्रीमती माग्दै पाँच दिनदेखि ससुरालीमा अनशन

१५ साउन, कोहलपुर – पत्नीसँग बिछोड गराएको भन्दै बैजनाथ ३ मसुरीस्थित ससुरालीमा अर्जुन सार्की पाँच दिनदेखि अनशनमा बसेका छन्। अन्तरजातीय विवाह गरेकै कारण सासुससुराले आफूविरुद्ध प्रहरीमा घरेलु हिंसा र सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराएर पत्नीसँग विछोड गराएको भन्दै उनी पाँच दिनदेखि पानीमात्र पिएर ससुरालीको घरछेउको खेतमा अनशनमा बसेका हुन्।

उनको स्वास्थ्य अवस्था समेत कमजोर बन्दै गएको छ । सासुससुराले पत्नी दर्लामीलाई लुकाएको र आफूविरुद्ध मुद्दा दर्ता गराएको उनको आरोप छ ।दैलेख नारायण नगरपालिका ६ घर भएका सार्कीले २०७३ असोजमा अन्तरजातीय विवाह गरेका थिए । उनी आफूमाथि अन्याय भएको भन्दै ससुरालीमा साउन ८ गतेदेखि भोकभोकै अनशनमा छन्।

पत्निलाई भड्काएर आफूबाट टाढा बनाएको र आफूलाई झुटो मुद्दा लगाएर फसाउन खोजेको उनले बताए। ‘हामी दुई एकअर्कोमा छुट्न चाहँदैनौ,’ उनले भने, ‘सासुसुराले माईतीघरबाट संगै दैलेख पठाउने बहानामा बीच बाटोबाट भगाए।’ सार्कीको ससुराली बैजनाथ ३ नौवस्ता मसुरीखेत बाँकेमा रहेको छ। पत्नि रत्नाको लागि आफू भोकभोकै मर्न तयार रहेको उनले बताए। सासुसुराले पत्नि रत्नालाई आफूसामू नल्याउँदासम्म अनसन जारी रहने र मर्न परेपनि ससुराली घरमै मर्ने उनी बताउँछन् । ससुराली नजिक रहेको खेतको डिलमा उनी पाँच दिनदेखि भोकभोकै रातदिन कटाई रहेका छन् ।

पानीको सहारामा उनी बाचिरहेका छन्। पत्निलाई उक्साए र दवाव दिएर अन्तै भगाएको र आफूविरुद्ध उल्टो मुद्धा चलाउन लगाएको उनको आरोप छ । उनले ससुरालीमा पत्नि रत्नालाई जसरी पनि आफू अगाडी ल्याउनुपर्ने अडानमा छन् ।

रत्नाका बुवा ससीराम दर्लामीले छोरीलाई देलेखबाट नौवस्तामा ल्याउन आफन्त पठाएको र दुई दिमा आउने बताए। आफू केटाकेटीको घरबार विगार्ने पक्षमा नरहेको बताउँदै छोरीलाई ल्याएर केटाको अगाडी छलफल गर्ने भने। ‘छोरी आएपछि केटासंग बस्ने नबस्ने उसको हातको कुरा हो,’ उनले भने, ‘केटीले चाहे भनि हामी पनि राजी छौ ।’ ससीरामले आफूले छोरी नउक्साएको तर केटाको बानी व्यहारले मुद्दा दर्ताको अवस्था आएको दावी गरे।आज नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij