२०८३ साउन ११ सोमबार

किन रोक्न खोज्दैछन् शिक्षामन्त्री अस्थायी शिक्षक परीक्षा?

ई आर्थिक    आइतबार, साउन १५ २०७४
1.7K
Shares
किन रोक्न खोज्दैछन् शिक्षामन्त्री अस्थायी शिक्षक परीक्षा?

१५ साउन, काठमाडौं । शिक्षक सेवा आयोगले भदौको पहिलो साता अस्थायी शिक्षकलाई स्थायी बनाउन लिन लागेको परीक्षा रोक्न उवप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ आफैं लागिपरेका छन्।

अस्थायी शिक्षकहरूसँग परीक्षा अनुत्तीर्ण भए पनि सुविधा दिने सम्झौता गरेका श्रेष्ठले दोस्रोपटक परीक्षा सार्न आयोगलाई दबाब दिएका हुन्। गत वर्ष संशोधन भएको शिक्षा ऐनमा सामुदायिक विद्यालयमा २०४९ अघिदेखि ०७२असोज २ सम्म नियुक्ति लिएका स्थायी शिक्षकलाई स्थायी बनाउने प्रक्रिया एक वर्षभित्र सुरु गर्नुपर्ने व्यवस्था छ।

यही व्यवस्थाअनुसार गत चैत १९ मा आयोगले स्थायी शिक्षकलाई स्थायी बनाउन विज्ञापन गरेको थियो। गत असार २३ मा परीक्षाको मिति तय गरिएकोमा मन्त्री श्रेष्ठले अस्थायीको आन्दोलनको कारण देखाउँदै परीक्षा सारेको बताउँदै आएका छन्।

आयोगले भदौ ३ गते गर्न लागेको परीक्षा पनि पुनः सार्न उनले आयोगलाई दबाब दिएका हुन्। शिक्षामन्त्री श्रेष्ठले बिहीबार आयोगका पदाधिकारीलाई मन्त्रालयमा बोलाएर परीक्षा सार्न दबाब दिएका हुन्। ‘मन्त्रीज्यूले परीक्षा सार्न आग्रह गर्नुभयो’, आयोगका अध्यक्ष ताना गौतमले भने, ‘कानुनअनुसार परीक्षा लिइएकाले हामीले परीक्षा सार्न सकिँदैन भन्यौं। आजको कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij