२०८३ साउन ९ शनिबार

लमजुङमा बस दुर्घटना, तीसजना घाइते

ई आर्थिक    बिहिबार, साउन १२ २०७४
3.8K
Shares
लमजुङमा बस दुर्घटना, तीसजना घाइते

१२ साउन, बेँसीशहर (लमजुङ)। कास्कीको पोखराबाट लमजुङको कोलासोथार गाउँपालिकाको बालुवावेसीतर्फ आउँदै गरेको बस आज दुर्घटना हुँदा तीस यात्रु घाइते भएका छन् ।

ना५ख ६३९५ नं को बस कास्कीको मादी गाउँपालिका– ८ मा दुर्घटना हुँदा एकजना रुदी खोलामा बगेर बेपत्ता भएका छन् भने दुईजना बसभित्रै च्यापिएर रहेका स्थानीयवासी प्रवेश घिमिरेले जानकारी दिनुभयो ।

कास्की–लमजुङ सिमानामा रहेको रुदी खोलामा बस खसेपछि अहिले प्रहरी चौकी भोर्लेटारबाट प्रहरी टोली उद्धारका लागि घटनास्थलतर्फ गएको प्रहरी नायब उपरीक्षक समिरचन्द्र खरेलले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij