२०८३ साउन ९ शनिबार

त्रिसुलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

ई आर्थिक    बिहिबार, साउन १२ २०७४
3K
Shares
त्रिसुलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

१२ साउन, मलेखु (धादिङ)। पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिसुली नदीमा खसेर बेपत्ता भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, गजुरीका प्रहरी निरिक्षक कृष्ण सापकोटाका अनुसार बा ४ ख ५१४६ नं को ट्रक त्रिशूली नदीमा खसेर हराइरहेको छ ।

बिहानी पम्पको मोडमा पुगेपछि सो ट्रक सडकबाट करिब ४० मिटर तल त्रिशूलीमा खसेको हो । ट्रक चालक काले दमै रहेको र दुर्घटनास्थल नजिकै पसलमा खाजा खाएर गाडी चलाएको पाँच मिनेटमै गाडी त्रिशूलीमा खसेको स्थानीय पुरुषोत्तम रिमालले जानकारी दिनुभयो ।

ट्रकमा कति मानिस थिए भन्ने खुल्न सकेको छैन । वर्षाका कारण त्रिसुलीमा पानीको बहाव बढेकाले ट्रक र चालकको अवस्था अज्ञात रहेको छ । प्रहरी र स्थानीयले खोजी कार्य सुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij