२०८३ साउन ११ सोमबार

ग्लोबल आइएमईको नाफा ४७.४६ प्रतिशतले वृद्धि

ई आर्थिक    बुधबार, साउन ११ २०७४
2.3K
Shares
ग्लोबल आइएमईको नाफा ४७.४६ प्रतिशतले वृद्धि

११ साउन, काठमाडौं । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७३।७४ को चौथो त्रैमासको प्रगति विवरण सार्वजनिक गरेको छ ।

बैंकले चुक्ता पुँजी ८ अर्ब ८ करोड रुपैयाँ पुर्याउँदा नाफा पनि त्यही अनुरुप बढाउँदै लगेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा १३ प्रतिशतले चुक्ता पुँजी वृद्धि गर्दा नाफा भने ४७.४६ प्रतिशतले बढाउन बैंक सफल भएको छ ।

बैंकले अघिल्लो आर्थिक वर्षको यही अवधिमा १ अर्ब ३८ करोड २२ लाख रुपैयाँ रहेको खुद नाफा वृद्धि गरी यसपालि २ अर्ब ३ करोड ८१ लाख रुपैयाँ पुर्याएको हो ।

बैंकले जगेडकोषमा ४ अर्ब ९ करोड ९८ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा ३६ दशमलव ४५ प्रतिशतले वृद्धि गरी १ खर्ब १ अर्ब ९१ करोड ४ लाख रुपैयाँ संकलन गरी कर्जामा ८० अर्ब ८१ करोड ९८ लाख रुपैयाँ लगानी गरेको छ । जुन गत वर्षको तुलनाभन्दा ३२ दशमलव ८३ प्रतिशत कर्जा प्रवाह गरेको हो ।

बैंकको खुद व्याज आम्दानी २३ दशमलव ४३ प्रतिशतले वृद्धि गरी ३ अर्ब ५६ करोड ६७ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ४६ दशमलव ७५ प्रतिशतले वृद्धि गरी २ अर्ब ७१ करोड ५९ लाख रुपैयाँ पुगेको छ । बैंकको फि कमिशनबाट भएको आम्दानी, अन्य आम्दानी र विदेशी मुद्राको सटहीबाट भएको आम्दानी पनि वृद्धि भएको छ । यी तीन शिर्षकबाट भएको आम्दानी नै १ अर्ब बराबर छ ।

बैंककौ पूँजी कोष पर्याप्तता अनुपात १२.५० प्रतिशत, पूँजी कोष लागत घटेर ५.३७ प्रतिशत, शेयरमा प्रतिफल (आरओइ) करीब १६ दशलव ७३ रुपैयाँ, प्रतिशेयर आम्दानी २५ दशमलव २२ रुपैयाँ, पीइ रेसियो १५ दशमलव ३८ गुणा, नेटवर्थ प्रति शेयर १ सय ६१ दशमलव ३१ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij