११ साउन, काठमाडौं । स्कुलको अन्तिम कक्षा पढेर उनी कोठा फर्किदै थिईन्। पानी परिरहेको थियो। सधैं ओहोरदोहोर गर्ने बाटो टोलभरिको ढलले हिँड्न सक्ने थिएन। पानीले भिजेकी महेन्द्र बौद्ध माविकी ९ कक्षाकी छात्रा सुजाता गोले अर्को बाटो हुँदै बौद्ध गुम्बाको गेटमा निस्केर नयाँ बस्तीस्थित कोठामा जाने सुरमा थिईन्।
उनी सँगै कक्षाका साथीहरु पनि थिए। अघि बढ्दै गर्दा उनले एक जना मानिस ह्विचेयरमा ढलको पानीमा डुबेको देखिन्। उनी हातमा बोकेको पुस्तक साथीलाई दिएर हतारिएर ती अपांगता भएका मानिसको उद्धार गर्न अघि बढिन्। ढलको पानी छिचोल्न वैकल्पिक बाटो खोज्दै अघि बढेकी उनी जुत्तासमेत नखोली जमेको पानीमा छिरिन्।
उनी पुग्नुभन्दा अघिनै भलको पानीमा अड्किएका ती मानिउस उनको ह्विलचेयरलाई चारै तिरबाट हेरिरहेका थिए। तर, कोही ढलको पानीमा छिरेका थिएनन्। गोलेले हेरेर बस्न सकिनन्। उनी ढलमा जुत्ता र पाइन्ट भिजाएर पानीमा फसेका ती मानिसलाई तान्न अघि सरिन्।आजको कान्तिपुर दैनिकबाट