२०८३ साउन ९ शनिबार

सुनसरीको हरिनगरामा भीषण आगलागी, छ लाखको क्षति

ई आर्थिक    मंगलबार, साउन १० २०७४
3.2K
Shares
सुनसरीको हरिनगरामा भीषण आगलागी, छ लाखको क्षति

१० साउन, इनरुवा । सुनसरीको हरिनगरा गाउँपालिका–१ मा गएराति आगलागी हुँदा करिब रु छ लाख मूल्य बराबरको क्षति भएको छ ।

राति १ः३० बजेतिर सोही गाउँपालिका–१ का फुदीराम बंगालीको घरमा अचानक आगलागी हुँदा उक्त मूल्य बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिनुभयो ।

उहाँका अनुसार आलागीबाट दुईवटा घर र नौवटा चौपाया जलेका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगलागी पूर्णरुपमा नियन्त्रणमा लिएको जिप्रका, सुनसरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij