२०८३ साउन ९ शनिबार

​बागलुङमा जिप दुर्घटना : चार जनाको मृत्यु, ६ जना घाइते

ई आर्थिक    सोमबार, साउन ९ २०७४
4.9K
Shares
​बागलुङमा जिप दुर्घटना : चार जनाको मृत्यु, ६ जना घाइते

९ साउन, बागलुङ । बढीगाड गाउँपालिका– ५ मा जिप दुर्घटनामा परी आज चारजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् ।

जलजलाबाट ग्वालीचौरतर्फ आउँदै गरेको ध१ज १८४ नं को जिप बादिपमा दुर्घटना भएको हो । दुर्घटनामा परी जिपका चालक बढीगाड गाउँपालिका– ४ का २७ वर्षीय तुलबहादुर पुन, सोही ठाउँका ३९ वर्षीय हरमन काउचा, वडा नं ८ का ३६ वर्षीय नारायण सेरबुजा र वडा नं ५ का ६० वर्षीय मुक्तबहादुर पाइजाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक अनिलकुमार खड्काले जानकारी दिनुभयो । चारैजनाको घटनास्थलमै मृत्यु भएको हो ।

घाइतेलाई उपचारका लागि हेलिकप्टरमा काठमाडौँ लैजाने तयारी भइरहेको छ । घाइते हुनेमा टेकबहादुर पाइजा, बालमती पाइजा, दिपेश पाइजा, दिपशिखा पाइजा, भीमबहादुर श्रीस र भीम सेरबुजा रहेका प्रहरीले जनाएको छ । जिप सडकदेखि करिब सात मिटर तल खसेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij