२०८३ साउन ९ शनिबार

फेसबुकबाट साथी बनाई ठगी गर्ने तीन जना पक्राउ

ई आर्थिक    शुक्रबार, साउन ६ २०७४
2.3K
Shares
फेसबुकबाट साथी बनाई ठगी गर्ने तीन जना पक्राउ

६ साउन, काठमाडौँ । फेसबुकमार्फत साथी बनी डलर पठाएको छु भन्दै ठगी गर्ने समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले धादिङ धुनीबेँसी नगरपालिका घर भई ललितपुर लगनखेल बस्ने पुरन घर्तीमगर भन्ने सुमन लामा, मकवानपुर हेटौँडा घर भई काठमाडौँ लाजिम्पाट बस्ने रवी थोकर र ललितपुर धोवीघाटका दिनेश बस्नेतलाई पक्राउ गरेको हो ।

दाङको लमही नगरपालिका बस्ने सुजाता केसी पौडेललाई करिब एक वर्ष अगाडिदेखि फेसबुकमा इयुएन्स स्मिथ नामबाट आफूलाई ‘बेलायती नागरिक हुँ’ भन्दै एक व्यक्तिले कुराकानी गर्दै आएका थिए ।

भारतीय मोबाइल नम्बरबाट पीडित पौडेललाई ‘तिम्रो नाममा बैंक अफ अमेरिकाको दिल्ली शाखाबाट १.७ मिलियन डलर पठाएको छु, भारतीय नियमअनुसार कर तिर्नुपर्ने भयो’ भन्दै रकम माग गरेका थिए ।

सोपश्चात पटक÷पटक गरी पौडेलले विश्वासमा परी आइएमई र बैंक खातामार्फत पक्राउ परेका व्यक्तिको खातामा रु ५५ लाख ८५ हजार रकम पठाउनुभएको थियो ।

रकम पठाएपश्चात् आफू ठगीमा परेको थाहा पाएपछि पौडेलले प्रहरीमा उजुरी गर्नुभएको थियो । उजुरीपश्चात् प्रहरीले ठगीमा संलग्न उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि बिहीबार महानगरीय प्रहरी परिसर काठमाडाँैमा पठाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij