२०८३ साउन ९ शनिबार

आँखा अस्पतालमा बिरामीको संख्या बढ्दै

ई आर्थिक    बिहिबार, साउन ५ २०७४
6.8K
Shares
आँखा अस्पतालमा बिरामीको संख्या बढ्दै

५ साउन, राजविराज । केही दिनयता सप्तरीसहित पूर्वी तराईका जिल्लामा वर्षासँगै बढेको अत्यधिक गर्मीका कारण आँखा अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गएको छ ।

सदरमुकाम राजविराजदेखि दुई किलोमिटर उत्तरपट्टिमा पर्ने मलेठस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा आजभोलि दैनिक आँखा उपचारको बिरामी आउने गरेको जनाइएको छ ।

पछिल्लो पटक गर्मी र अविरल वर्षासँगै सप्तरीका विभिन्न खोलामा आएको बाढीका कारण आँखा पाक्नेजस्ता बिरामी अस्पतालमा भर्ना हुने गरेको पाइएको छ ।

अस्पतालमा अहिले आँखा पाक्ने, मोतिबिन्दुका साथै रतन्धोलगायत भाइरल केटावटीस, आँखामा घाउ हुने र अत्यधिक गर्मीका कारण आँखा चिलाउने जस्ता रोगका बिरामी दैनिक ४० देखि ५० जना भन्दा बढी बिरामी आउने गरेको अस्पतालका आँखा स्वास्थ्य कार्यकर्ता बिजली चौधरीले बताए ।
सो अस्पतालमा प्रत्येक दिन बिरामी जाँच गरेपनि हाल बढेको गर्मी र वर्षाबाट प्रभावित बिरामी बढ्दै गएको स्वास्थ्य कार्यकर्ता चौधरीले बताए ।
यसैबीच, सगरमाथा चौधरी आँखा अस्पताल राजविराजमा हप्तामा एक दिन शुक्रबारको दिन मोतिबिन्दुको शल्यक्रियासमेत गरिने गरेको अस्पतालले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij