२०८३ साउन ९ शनिबार

नवलपरासीमा ४९ करोड फ्रिज, आधा भन्दा कम रकम खर्च गर्ने दुई कार्यालय

ई आर्थिक    बुधबार, साउन ४ २०७४
2.9K
Shares
नवलपरासीमा ४९ करोड फ्रिज, आधा भन्दा कम रकम खर्च गर्ने दुई कार्यालय

४ साउन, नवलपरासी । आर्थिक वर्ष २०७३/७४ मा प्राप्त सरकारी बजेटमध्ये रु ४९ करोड ४५ लाख ९५ हजार फ्रिज भएको छ ।

जिल्लाका ५८ वटा सरकारी कार्यालयबाट सो रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख महेन्द्रप्रसाद भण्डारीले जानकारी दिनुभयो । चालुतर्फ रु २९ करोड ८९ लाख २६ हजार तथा पुँजीगततर्फ रु १९ करोड ५६ लाख ६९ हजार फ्रिज भएको छ ।

असार महिनामा मात्र चालुतर्फ निकासा भएको रु ८५ करोड ९७ लाख ५३ हजारको १३.६२ प्रतिशत र पुँजीगत रु ३७ करोड १० लाख ३७ हजारको ३४.१६ प्रतिशत रकम खर्च भएको भण्डारीले बताउनुभयो । पचास प्रतिशतभन्दा कम रकम खर्च गर्ने गण्डक सिँचाइ डिभिजन र जिल्ला प्राविधिक कार्यालय रहेका छन् ।

जिल्लामा आठ ठूला सडक विस्तार आयोजनाअन्तर्गत रु २२ करोड २८ लाख ६० हजार विनियोजन गरिएकामा रु १६ करोड ६ लाख २३ हजार खर्च भएको छ । जिल्लाको विभिन्न कार्यालयबाट रु एक अर्ब १४ करोड पाँच लाख १६ हजार राजश्व संकलन भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij