२०८३ साउन ९ शनिबार

आगलागीबाट तीन लाखको क्षति

ई आर्थिक    मंगलबार, साउन ३ २०७४
2.1K
Shares
आगलागीबाट तीन लाखको क्षति

३ साउन, लहान । सप्तरीको बोदेबर्र्साइन–४ स्थित सिमराहामा आज बिहान भएको आगलागीमा करिब रु तीन लाख मूल्य बराबरको क्षति भएको छ ।

स्थानीयवासी बिजली रामको भान्साघरबाट सल्केको आगो फैलिएर उहाँका चार घर जलेर नष्ट भएको स्थानीयवासीले बताएका छन् । आगलागीबाट घरमा भएका खाद्यान्न, लत्ताकपडा, फर्निचरलगायत सम्पूर्ण सामान जलेर नष्ट भएको पीडितले बताउनुभएको छ । स्थानीयवासी तथा प्रहरीको प्रयासमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

यसैबीच मूलवासी मुक्ति पार्टीका अध्यक्ष मो इस्लामले अग्निपीडित परिवारलाई आजै भुजा, च्युरा, चामल, नुन, तेल, कपडालगायत सामग्री राहत वितरण गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij