२०८३ साउन ९ शनिबार

नेप्सेमा छायो हरियाली : २०.५८ अंकले बढ्दा ६९ करोड ४३ लाखको कारोबार

ई आर्थिक    सोमबार, साउन २ २०७४
3.8K
Shares
नेप्सेमा छायो हरियाली : २०.५८ अंकले बढ्दा ६९ करोड ४३ लाखको कारोबार

२ साउन, काठमाडौं । सोमबार नेप्सेमा उच्च बृद्धि देखिएको छ । आज नेप्से २०.५८ अंकले बढेर १६०४.१५ अंकमा पुुगेको छ ।

यो दिन कारोबारमा आएको कुुल १५४ कम्पनीहरुको छ हजार छ सय ३५ पटकको कारोवारमा २० लाख १२ हजार चार सय १५ कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम ६९ करोड ४३ लाख ६९ हजार चार सय ३५ रुपैयाँ पुुगेको छ । आज सबै समुहको कारोवार सुचक बढेपछि नेप्से पुरै हरियो भएको छ ।

यो दिन सबै भन्दा बढी बीमा समुहको सुचक ९५.३५ अंकले बढेको छ । बाँणिज्य बैंक समुहको सुचक २१.८३ अंकले, बिकास बैंक २९.५७ र जलबिद्युुत ९.१८ अंकले बढेको छ ।

त्यस्तै होटल, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको सुचक क्रमश: २६.३९, ५.२३, २७.०४, १.१६ अंकले बढेको छ ।

आज बढी कमाउने कम्पनीको सुचीमा हिमालयन डिष्ट्रिलरी प्राली परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा कुुवेर मर्चेन्ट फाईनान्स परेको छ । रकम कारोवारका आधारमा भने आज फरवार्ड कम्युनिटी माईक्रो फाईनान्स अग्रस्थानमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij