२ साउन, काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३५ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिश गरेको छ ।
बढुवा समितिको असार ३१ गतेको निर्णयअनुसार रिक्त ३५ स्थानमा बढुवाका निम्ति सिफारिस गरेको हो । बढुवा रोलक्रमको पहिलो नम्बरमा महानगरीय प्रहरी परिसर काठमाडौंका सिद्धिविक्रम शाह रहेका छन् ।
बढुवाको सिफारिसमा पर्नेमा डम्बरबहादुर बिक, उमाप्रसाद चतुर्वेदी, केदार रजौरे, विनोद घिमिरेसहित ३५ जना डिएसपीहरू छन् । यस अघि अआइजी, डीआइजी र एसएसपी बढुवा भएका थिए ।

