२०८३ साउन ९ शनिबार

गाई काटेको अभियोगमा दुईजना पक्राउ

ई आर्थिक    सोमबार, साउन २ २०७४
2.9K
Shares
गाई काटेको अभियोगमा दुईजना पक्राउ

२ साउन, पोखरा । गाई काटेको अभियोगमा यहाँ दुई जनालाई पक्राउ गरिएको छ ।

पोखरा लेखनाथ महानगरपालिका–२४ स्थित शेराको जङ्गलमा गाई काटेको अभियोगमा स्थानीयवासी ५४ वर्षीय रामबहादुर नेपाली र ३६ वर्षीय कृष्ण नेपालीलाई पक्राउ गरेको क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।

जङ्गलमा गाई काटेको सुराकीका आधारमा सो स्थानमा पुगेको प्रहरी टोलीले गाईको टाउको, खुट्टा र आलो मासुसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक विश्वबन्धु पोख्रेलले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij