२०८३ साउन ९ शनिबार

सर्पको डसाइबाट तीन महिनामा सातको मृत्यु

ई आर्थिक    आइतबार, साउन १ २०७४
4.1K
Shares
सर्पको डसाइबाट तीन महिनामा सातको मृत्यु

१ साउन, कैलाली । यस वर्ष वैशाखदेखि असारसम्मको तीन महिनाको अवधिमा सर्पको डसाइबाट सातजनाको ज्यान गएको छ ।

सेती अञ्चल अस्पताल इमर्जेन्सी वार्ड इन्चार्ज कृष्ण बोहराले सर्पको डसाइबाट तीनजनाको उपचारका क्रममा र चारजनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जानकारी दिनुभयो । उहाँले सर्पले डसेमा ग्रामीण भेगतिर शुरुमा झारफुकजस्ता उपचार प्रक्रिया अपनाउने प्रवृत्तिका कारण अस्पताल ल्याउन ढिलाइ भई मृत्यु हुने गरेको बताउनुभयो ।

कैलालीको सेती अञ्चल अस्पतालमा गत वर्ष सर्पले डसेका २१५ जना बिरामी उपचारका लागि आएका थिए भने यस वर्ष तीन महिनाको अवधिमा ६८ जना बिरामी उपचारका लागि अस्पताल आइसकेका छन् ।

गत वर्ष एक वर्षको अवधिमा सातजनाको मृत्यु भएको थियो भने यो वर्ष असारमै मृतकको संख्या सात पुगिसकेको छ । वार्ड इन्चार्ज बोहराले रातिको समयमा सर्प प्रायः आवतजावत गर्ने भएकाले त्यस समयमा बढी सावधानी अपनाउनुपर्ने र केहीगरी डसिहालेमा बिरामीलाई बढी हलचल नगराई सक्दो चाँडो अस्पताल पु¥याउनुपर्नेे सुझाव दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij