२०८३ साउन ९ शनिबार

जलविद्युत्तमा चिनियाँ कम्पनीको बदमासी

ई आर्थिक    शुक्रबार, असार ३० २०७४
6.7K
Shares
जलविद्युत्तमा चिनियाँ कम्पनीको बदमासी

३० असार, काठमाडौं । भारतबाट थप विद्युत्त ल्याउन सबैभन्दा महत्त्वपूर्ण मानिएको ढल्केबर २२० केभी सवस्टेशन निर्माण गत मंसिरमै सम्मन्न हुनुपथ्र्यो । ठेकेदार सेन्ट्रल चाइना पावर ग्रिड इन्टरनेशनलका प्रतिनिधि फाङले तत्कालीन ऊर्जामन्त्रीसमक्ष बाचा गरे पनि ७ महिना बितिसक्दासमेत पूरा भएको छैन ।

पटक–पटक समय र लागत थपिँदै गएको १४ मेगावाटको कुलेखानी तेस्रो जलाशययुक्त जलविद्युत्त आयोजनाको इलेक्ट्रोमेकानिकलको काम चिनियाँ कम्पनीले सम्पन्न नगर्दा निर्माण सुरु भएको १० वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन ।

चिनियाँ एक्जिम बैंकले आयोजनाको ऋण अवधि नथप्दा निर्माणाधीन ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए जलविद्युत्त आयोजनाको निर्माणमै अन्योलता परेको छ ।

जलविद्युत्त आयोजना निर्माणको ठेक्का लिएर समयमै काम नगर्ने तर मन्त्री, सचिव र प्राधिकरणका उच्च अधिकारीलाई दबाब र प्रभावमा पारेर भेरिएसनको नाममा करोडौं लैजाने काम आम ठेकेदारको प्रवृत्ति नै बनेको छ । यस्तो आरोप विगतमा भारतीय कम्पनीमाथि लाग्ने गरेकोमा अहिले चिनियाँ कम्पनीमा पनि यो रोग सरेको छ । विद्युत्त प्राधिकरणले निर्माण गरिरहेका अधिकांश जलविद्युत्त आयोजना र प्रसारण लाइनको ठेक्का लिएका चिनियाँ कम्पनीहरुले आयोजना निर्माणमा बदमासी गरेका उदाहरण छन् । आजको कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij