२०८३ साउन ९ शनिबार

अफगान बालिका अमेरिका जान पाए

ई आर्थिक    बिहिबार, असार २९ २०७४
13.9K
Shares
अफगान बालिका अमेरिका जान पाए

२९ असार, वासिङ्टन । अफगानिस्तानका छ जना बालिकाले अमेरिकामा आयोजना हुने रोबोटिक्स् प्रतियोगितामा सहभागिताका लागि अमेरिका जान प्रवेशाज्ञा पाएका छन् ।

यसअघि ती बालिकालाई अमेरिका जाने प्रवेशाज्ञा नदिइएकोमा बुधबार उनीहरुले प्रवेशाज्ञा पाएको जानकारी दिइएको छ । उक्त प्रतियोगिताका आयोजकले बुधबार सो जानकारी दिएका छन् ।

अमेरिकाले पछिल्लो समयमा मुस्लिम देशका नागरिकलाई अमेरिका जाने प्रवेशाज्ञामा निकै कडाई गरेको छ । कतिपय मुस्लिम देशका नागरिक त त्यहाँ जानै नपाउनेगरी कानुन निर्माण गरिएको छ ।

अर्कातर्फ यस्तो प्रतिबन्धित देशको सूचीमा नपरेका पनि कतिपय मुस्लिम देशका बिद्यालय पढ्ने बालिकालाई अमेरिका जान प्रतिबन्ध जस्तै गरिएको छ । उनीहरुले गतहप्ता नै अमेरिकाका लागि प्रवेशाज्ञा पाउन आवेदन दिएकोमा अस्वीकृत भएको थियो ।

विश्वका १५७ देशका १६३ जना बालिका सो प्रतियोगितामा सहभागी हुदैछन् । आगामी हप्ता अमेरिकामा आयोजना गरिएको सो प्रतियोगितामा सहभागिताका लागि अफगानिस्तानका छ जना बालिकाले आवेदन दिएकोमा दुई पटकको अन्तर्वातापछि समेत प्रवेशाज्ञा अस्वीकृत भएको थियो ।

‘तर अब उनीहरु अमेरिका जान पाउने भएका छन’ ती आयोजकले अमेरिकी सञ्चारसँग भनेका छन् । उनले भने, बालिका अधिकारका लागि वकालत गर्ने देश अमेरिकाले उनीहरुलाई रोक्नु राम्रो होइन, अब ठीक भएको छ ।

उक्त प्रतियोगितामा अफगानिस्तानसहित पाकिस्तान, जाम्बिया, सुडान, सिरियालगायतका देशका बालिका सहभागी हुदैछन् ।

सो प्रतियोगितामा सहभागी हुन जान लागेकी अफगानिस्तानको हेरात प्रान्तकी १४ बर्षीया फतिमा गाद्रिनले भनिन् ‘हामी कुनै पनि आतङ्ककारी समूहका व्यक्ति होइनौँ, हामी पनि अमेरिकामा अफगानिस्तानका बालिकाको प्रतिभा देखाउन चाहन्छौँ ।’

उनी र आयोजकले पनि सिरियाली शरणार्थी बालिकाहरु र अफगानजस्ता विश्वका कतिपय द्वन्द्वग्रस्त देशका बालिकालाई प्रवेशाज्ञा दिएकोमा अमेरिकालाई धन्यवाद पनि दिए । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij