२०८३ साउन ९ शनिबार

रानीबारी हत्याकाण्डका दोषीलाई सर्वस्वसहित जन्मकैद

ई आर्थिक    बिहिबार, असार २९ २०७४
3.8K
Shares
रानीबारी हत्याकाण्डका दोषीलाई सर्वस्वसहित जन्मकैद

२८ असार, काठमाडौँ । जिल्ला अदालत काठमाडौँले रानीबारी हत्याकाण्डका अभियुक्तहरु मनराज गुरुङ र प्रमेश चौहानलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।

न्यायाधीश रमेशप्रसाद रिजालको इजलासले आज सो हत्याकाण्डका अभियुक्त गुरुङ र चौहानलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको जिल्ला अदालत काठमाडौँका श्रेष्तेदार धु्रवकुमार उप्रेतीले जानकारी दिनुभयो ।

२०५९ साल असार ३१ गते काठमाडौँको रानीबारीस्थित कोठामा बस्ने इन्जिनियर दम्पती हेमबहादुर श्रेष्ठ र अञ्जना श्रेष्ठको धारिलो खुकुरी प्रहार गरी हत्या भएको थियो ।

श्रेष्ठ दम्पतीको हत्या गरेको आरोपमा रामेछाप जिल्ला स्थायी घर भई जोरपाटी बस्ने चौहान र दोलखा खारे स्थायी घर भई सामाखुसी बस्ने गुरूङलाई दुई वर्षअघि पक्राउ गरिएको थियो । अभियुक्त गुरुङ र चौहान अहिले जेलमा छन् । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij