२०८३ साउन ९ शनिबार

गाडीभित्रै बेहोस भएका एक यात्रीको मृत्यु

ई आर्थिक    बुधबार, असार २८ २०७४
2.3K
Shares
गाडीभित्रै बेहोस भएका एक यात्रीको मृत्यु

२८ असार, चितवन । दक्षिण चितवनको माडीस्थित बगईबाट नारायणगढतर्फ आउँदै गरेको बसमा यात्राका क्रममा बेहोस भएका एक व्यक्तिको ज्यान गएको छ । उनी एमाले माडी नगर कमिटीका सदस्यसमेत थिए ।

इलाका प्रहरी कार्यालय माडीका अनुसार गाडीमा यात्रा गर्दै गर्दा बेहोस भएका माडी नगरपालिका–९ का बासिन्दा दुर्गादत्त भट्टको उपचारका क्रममा बघौडा अस्पतालमा ज्यान गएको हो ।

भट्ट असार २६ गते दिउँसो गाडीमा यात्राका क्रममा गाडीभित्रै बेहोस भएका थिए । माडी नगरपालिका–९ गणेशकुञ्जका भट्ट माडी नगरपालिकामा कामको सिलसिलामा आउँदै गर्दा गाडीभित्रै बेहोस भएका थिए ।

नेकपा एमाले माडी नगर कमिटीका अध्यक्ष नारदमणि पौडेलका अनुसार माडीको बसन्तपुरमा आइपुग्दा सबै यात्रु झरे पनि उनी नझरेपछि हेर्दा बेहोस देखेर तत्कालै स्थानीय बघौडा अस्पताल पु¥याइएको थियो । पौडेलका अनुसार उनी एमाले माडी नगर कमिटीका सदस्य थिए । सोही दिन घरमा रोपाइँको समेत तयारी गरिएको उहाँले बताउनुभयो ।

तत्कालै उनको उपचारका लागि बघौडा अस्पतालमा पु¥याइएकामा उपचारका क्रममा ज्यना गएको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । विदेशमा रहेका छोराहरु आएपछि मात्रै अन्त्येष्टि गरिने भएकाले अहिले उनको शवलाई भरतपुर अस्पतालमा राखिएको पौडेलले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij